+
+

क्रिस्टियानो भर्सेस टेन हाग : कसले जित्ला युद्ध ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते १२:५५

८ भदौ, काठमाडौं । म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो फेरि एक पटक सुरुवाती लाइनअपमा थिएनन्, जर्गेन क्लोपको लिभरपुल जस्तो बलियो प्रतिद्वन्द्वी विरुद्धको खेलमा पनि रोनाल्डो सब्सिच्युटमा थिए ।

क्रिस्टियानो रोनाल्डोलाई सुरुवाती ११ मै समावेश गर्न लिभरपुलविरुद्धको खेल सही मौका थियो । घरेलु मैदानमा लिभरपुलविरुद्ध सुरुबाटै खेलेर गोल गर्ने मौका पनि थियो रोनाल्डोसँग ।

तर प्रशिक्षक इरिक टेन हागको लाइनअपले सबैलाई छक्क पार्‍यो ।  लिभरपुल विरुद्धको खेलमा सुरुवाती ११ मा रासफोर्ड, साञ्चो र एलाङ्गा थिए । स्वीडिस एन्थोनी एलाङ्गा जो २० वर्षका छन्, उनले क्रिस्टियानो रोनाल्डोको ठाउँ लिएको जस्तो देखिन्थ्यो ।

टेन हागले रोनाल्डोसँगै कप्तान ह्यारी मगुएरलाई पनि ड्रप गरेका थिए । रेड डेभिल्सका प्रशिक्षकले पत्रकारसँग यसको कारण पनि खुलाए, ‘तपाईं प्रत्येक खेलको सम्बन्धमा हेर्नुहुन्छ र हामी एक टोली हौं, हामीसँग कभर गर्न धेरै खेल छन् र हामी सोच्दछौं कि यी परिवर्तन यसका लागि सबै भन्दा राम्रो कुरा हो । हामीले आज यो लाइनअपको साथ सुरु गरेका छौं, तर भविष्यका लागि केहि पनि सेट गरिएको छैन ।’

पत्रकारले जब क्रिस्टियानो रोनाल्डोका बारेमा सोधे टेन हाग स्पष्ट थिए, ‘हामीलाई थाहा छ लिभरपुल धेरै राम्रो पोसेसन भएको टोली हो र हामीले तिनीहरूलाई दबाब दिन आवश्यक छ, यसलाई रोक्न हामीलाई धेरै ऊर्जा चाहिन्छ । संक्रमणमा, हामी तिनीहरूलाई हराउन सक्छौं, त्यसैले हामीले एलंगा, रासफोर्ड र सान्चोलाई अगाडि सुरुमा खेलायौं ।’

अन्त्यमा, क्रिस्टियानो रोनाल्डोले ८५ औं मिनेटमा मार्कस रासफोर्डको स्थानमा मैदान प्रवेश गरे । तर उनी मैदानमा मैत्रीपूर्ण देखिएनन् र उनले बललाई मुस्किलले मात्रै छोए ।

– मार्काबाट

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?