+
+

‘ट्रेनिङ फ्लाइट’का रुपमा भैरहवा अवतरण गर्दै हिमालय एयरलाइन्सको जहाज

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १४:४२

८ भदौ, काठमाडौं । पाइलटहरुको ‘ट्रेनिङ फ्लाइट’का रुपमा हिमालय एयरलाइन्सको जहाज बिहीबार पहिलो पटक भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ ।

त्रिभुवन विमानस्थलको बिहीबारको तालिकाअनुसार अपरान्ह ४ बजे भैरहवाबाट आएको जहाज ट्रान्जिट उडानका रुपमा अवतरण गर्नेछ ।

भैरहवा विमानस्थलका प्रमुख गोविन्द दाहालका अनुसार काठमाडौंबाट पाइलटहरु मात्र बोकेको हिमालयको जहाज भैरहवामा अवतरण गरी काठमाडौं फर्कने छ ।

भैरहवामा गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि पहिलो पटक हिमालय एयरलाइन्सको जहाज भैरहवा जान लागेको हो ।
हिमालय निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली वायुसेवा कम्पनी हो । यो विमानस्थलमा अहिले जजिरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?