+
+

बालेनलाई उद्योगी व्यवसायीको आग्रह : व्यापारीमाथिको हस्तक्षेप रोक्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १७:३८

९ भदौ, काठमाडौं । काठमाडौं उद्योग वाणिज्य संघको आपतकालीन बैठक सकिएको छ ।

बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई वार्तामार्फत् समस्याको समाधान निकाल्न सकिने भन्दै व्यापारी माथिको हस्तक्षेप रोक्न अनुरोध गर्ने निर्णय गरेको छ ।

‘बैठक भर्खरै सकियो । मेयर साहलाई थप व्यापारीमाथिको हस्तक्षेष रोक्न र वार्तामार्फत् समस्या समाधान गर्न आग्रह गर्ने निर्णय भयो,’ संघका सहकोषाध्यक्ष दुर्गाराज श्रेष्ठले भने, ‘घरधनी र महानगरको लडाइँमा व्यापारी परे, वार्ता र कानुनी तरिकाबाट पनि समस्या समाधान गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष हो ।’

महानगरको सर्वपक्षीय विकासका लागि उद्योगी व्यवसायीहरुले सधैं सक्रिय र क्रियाशील हुँदै आएको भन्दै संघले विस्थापित व्यवसायीहरुलाई प्रक्रियागत तवरले उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन माग समेत गरेको छ । व्यवसायलाई अन्य स्थानमा पुनर्स्थापना गर्नका लागि सार्वजनिक सूचना पर्याप्त नभएको भन्दै संघले समय थप गरी यो प्रक्रियामा वास्तविक दोषीलाई कानुनी कठघरामा ल्याई कारबाही गर्न माग गरेको छ ।

एकतर्फी रुपमा जबरजस्ती व्यवसायीहरुलाई विस्थापित हुने कार्य तत्काल बन्द गरी उचित समाधानका लागि संघले महानगरसँग अनुरोध समेत गरेको छ ।

हेर्नुहोस् विज्ञप्तिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?