+
+

व्यापारी आफैंले हटाउन थाले अन्डरग्राउन्ड पार्किङबाट पसल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते ११:२४

१० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङका पसलहरु हटाउन थालेपछि ठूला व्यापारिक भवनहरुले आफैं पार्किङ खाली गर्न थालेका छन् । बानेश्वरमा यूएफओ ब्रान्डको  पसल चलिरहेको व्यवसायिक भवनको पार्किङ क्षेत्र खाली गर्न थालिएको छ ।

महानगरले ताकेता गरेपछि व्यवसायी र घरधनीले स्वतःस्फुर्त रुपमा पार्किङ खाली गर्न थालेका हुन् । बानेश्वको उक्त भवनमा ‘काठमाडौं महानगरपालिकाको सूचनालाई अनुशरण गर्दै अन्डरग्राउन्ड पार्किङको मर्मत निर्माण कार्य हुँदैछ,’ भन्ने सूचना टाँसिएको छ ।

३५ दिने सूचनाको म्याद सकिएपछि अन्डरग्राउन्डमा राखिएका पसलर र स्टोर हटाउन मेयर बालेन साह आफैं सक्रिय छन् । यसले गर्दा जुनसुकै बेला महानगरको टोली आएर सामान निकाल्न समेत समय नदिई अवैध संरचना हटाउन सक्ने देखिएपछि व्यवसायहरु आफैं सक्रिय हुन थालेको नगर प्रहरीका एक अधिकारीले बताए ।

‘बानेश्वर क्षेत्रमा व्यवसायी र घरधनी आफैंले पसल र सामान हटाउन सुरु गरेका छन्,’ उनले भने ।

आजबाट महानगरले शंखमुल क्षेत्रमा पनि व्यवसायीलाई भूमिगत पार्किङको पसल हटाउन अल्टिमेटम दिएको छ । नगर प्रहरीले बारम्बार पुगेर निर्देशनमा भइरहेको प्रगतिको ‘फलोअप’ गरिरहेको ती अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?