+
+

करिम बेन्जिमा बने युरोपको उत्कृष्ट खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते ८:३९

१० भदौ, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले यूईएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् ।

टर्कीको इस्तानबुलमा बिहीबार राती भएको च्याम्पियन्स लिग २०२२/२३ को ड्र कार्यक्रममा अवार्डको विजेता घोषणा गरिएको हो ।

३४ वर्षीय बेन्जिमाले आफ्नै क्लबका गोलकिपर थिबाउट कोर्तवा र म्यानचेष्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएनालाई पछि पारे ।

गत सिजन रियललाई च्याम्पियन्स लिग फुटबलको उपाधि जिताउने क्रममा बेन्जिमाले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

‘म निकै खुशी छु’ अवार्ड ग्रहण गरेपछि बेन्जिमाले भने , ‘मैले पहिलो पटक यो अवार्ड जितेको हुँ । तर मेरो लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको टिमको लागि ट्रफी जित्नु हो ।’

रियलकै कार्लो एन्सेलोट्टीले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते ।

पुरुषको कोच अफ दि इयरको अवार्डमा एन्सेलोटीले म्यानचेस्टर सिटीका पेप ग्वार्डीओला र लिभरपुलका योर्गेन क्लोपलाई पछि पारे ।

एन्सेलोटीले गत सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका थिए ।

महिलातर्फको बार्सिलोनाकी एलेक्सिया पुटेलासले प्लेयर अफ दि इयर अवार्ड जितिन् । यस्तै महिलातर्फको कोच अफ दि इयरको अवार्ड सरिना विग्मानले जितिन् ।

इटालीका पूर्वखेलाडी तथा प्रशिक्षक एरिगो साच्चीलाई यूईएफए प्रेसिडेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?