+
+

राष्ट्र बैंकले भन्यो- फिल्मलाई ऋण दिन धितो सुनिश्चितताको प्रावधान आवश्यक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १३:३१

काठमाडौं । राष्ट्र बैंकले धितो सुनिश्चितताको प्रावधान भए मात्र फिल्म निर्माणको लागि ऋण उपलब्ध गराउन सकिने जवाफ दिएको छ ।

गभर्नर महाप्रसाद अधिकारी र चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीबीच ‘प्रोजेक्ट लोन’बारे छलफल भएको थियो । आफूहरुले फिल्मलाई नै धितो राखेर ऋण मागे पनि गभर्नरले ग्यारेन्टीको प्रावधान खोजेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

निर्माता संघले अहिले लागु गरेको प्रोजेक्ट बीमामा केही नीतिगत बुँदा थप गरेर पुनः आउन गभर्नरले आग्रह गरेको अधिकारीले बताए । ‘फिल्म निर्माणका लागि ऋण उपलब्ध गराउन गभर्नर एकदमै सकारात्मक हुनुहन्छ,’ उद्योग वाणिज्य महासंघको मनोरञ्जन फोरमका संयोजक समेत रहेका अधिकारीले भने ।

‘गभर्नरले लोनको प्रस्तावमा आफू मञ्जुर भएको बताउनुभयो । तर पैसाको सुरक्षा के हो भन्ने कुरा या त बीमाले या त कुनै चीजले जिम्मेवारी लिनुपर्‍यो भन्नुभयो । एकदमै पोजेटिभ रेस्पोन्स दिनुभयो गभर्नर साबले,’ उनले भने ।

निर्माता संघले धितोको झमेलामा पर्नुभन्दा ५० प्रतिशत रकम निर्माताले जम्मा गरेको खण्डमा ५० प्रतिशत ऋण पाउनुपर्ने माग राखेको छ ।

गत साता संघले फिल्मलाई कृषि सरह ऋण दिनुपर्ने र जिरो भ्याटको माग पनि उद्योग सचिव अर्जुन पोखरेलसामु राखेको थियो । जवाफमा सचिव पोखरेलले प्रस्तावलाई छलफलको विषय बनाउने जवाफ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?