+
+

धनगढी उपमहानगरमा खोलामा ढल मिसाउनेलाई जरिवाना

सुर्तीजन्य र प्लाष्टिकजन्य वस्तुको बिक्रीमा रोक 

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १४:४०

१० भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुर्तीजन्य पदार्थ र प्लाष्टिकजन्य वस्तुको बिक्री वितरणमा रोक लगाइएको छ ।

१ भदौमा बसेको धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगर क्षेत्रमा सुर्तीजन्य पदार्थ सुर्ती, खैनी, जर्दापान, पानपराग, गुट्खा र प्लाष्टिकजन्य वस्तु गिलास, कप झोलाको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार चालु आर्थिक वर्ष २०७९/८० लाई सरसफाई वर्षका रुपमा मनाउने उद्देश्यले बजार क्षेत्रमा समस्याका रुपमा देखिएको सुर्तीजन्य पदार्थ र प्लाष्टिकजन्य वस्तु भएकाले बिक्री वितरणमा निषेध गर्ने निर्णय गरिएको हो ।

अगामी १ असोजदेखि बिक्री वितरणमा रोक लगाइएको बताउँदै श्रेष्ठले उक्त कार्यमा सहयोग गर्न सार्वजनिक सूचना मार्फत नगरवासीमा अपिल समेत गरिएको जनाए ।

उपमहानगरपालिकाले अगामी दिनमा सार्वजनिक क्षेत्र सडक, खोलानाला र नालीमा फोहर नफाल्न तथा सडक पेटीमा निर्माण सामग्री, ठेला, पसल नराख्न तथा जथाभावी पशुचौपाया नबाध्न पनि आग्रह गरेको छ ।

निषेध गरिएको क्षेत्र तथा जथाभावी खोलानालामा ढल मिसाउनेलाई प्रथम पटकलाई १० हजार रुपैयाँ जरिवाना र दोस्रो पटक संरचना भत्काइने उपमहानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यस्तै अन्य फोहर फाल्नेहरुलाई पहिलो पटक १ हजार, दोस्रो पटक ३ हजार र तेस्रो पटक ५ हजार रुपैयाँसम्म जरिवाना गरिने उपमहानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?