+
+

मुख्यमन्त्री राई सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ११ गते १८:४३

११ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको छ ।

शनिबार बसेको जिल्ला कमिटीको बैठकले धरान क्षेत्रबाट मुख्यमन्त्री राईसहित चार जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको हो । मुख्यमन्त्री राईसँगै लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरेको जिल्ला कमिटी सचिव बसन्त सुवेदीले जानकारी दिए ।

उनका अनुसार बैठकले सुनसरी क्षेत्र नंं. १ (क) बाट प्रदेश सभा सदस्यमा सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम सिफारिस गरेको छ । प्रदेश सभा ‘ख’ तर्फ रेवतीरमण राई, अमृता रामदाम र श्यामनारायण राजधामीको नाम सिफारिस गरिएको सुवेदीले बताए ।

त्यस्तै, इटहरी र इनरुवा केन्द्र रहेको निर्वाचन क्षेत्र नं. २ बाट धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामालाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । यो निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभा सदस्यको उम्मेदवारको सिफारिस अर्को बैठकले गर्ने सचिव सुवेदीले बताए ।

दुहवी केन्द्र रहेको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा मो. जैनुल हक मियाँ, कमला दुलाल र जुगुतनारायण चौधरीको नाम सिफारिस भएको छ । यो निर्वाचन क्षेत्रतर्फ प्रदेश सभा सदस्य ‘क’ मा केशव विष्ट, गौरी परियार र नयनतारा सिटौला, प्रदेश सभा सदस्य ‘ख’ मा रामचन्द्र मटियैत, दीपक राई र रेखा गुरुङ सिफारिसमा परेका छन् ।

सुनसरी जिल्लाको दक्षिणी भेग समेटिएको निर्वाचन क्षेत्र नं. ४ बाट केशवप्रसाद तिम्सिना, डा. सीएन पाठक र कैलाश अन्जुमको नाम सिफारिस भएको छ । यो निर्वाचन क्षेत्रतर्फ प्रदेश सभा सदस्य ‘क’ मा बाबुराम बराल, परमानन्द पौडेल र कल्पना पोखरेल र प्रदेश सभा सदस्य ‘ख’ मा महफुज आलम अन्सारी, किरण कार्की र सवनम आरीको नाम सिफारिस गर्ने निर्णय गरिएको सचिव सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?