+
+

पाल्पामा छोराले गरे बुवाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते ११:२९

१२ भदौ, बुटवल । पाल्पामा छोराले बुवाको हत्या गरेका छन् । पाल्पाको माथागढी गाउँपालिका-४ नेटाका १४ वर्षीय छोराले ४५ वर्षीय तिलबहादुर दिसाको हत्या गरेका हुन् ।

पारिवारिक झगडा भएपछि शनिबार राति ८ बजे छोराले तिलबहादुरको टाउकोमा चिर्पट दाउराले हानेका थिए । तिलबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

घटनाबारे स्थानीयले आइतबार बिहान खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

प्रहरी टोलीले तिलबहादुरका छोरालाई नियन्त्रणमा लिएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको प्रवक्ता थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?