+
+

तीनै तहका सरकार पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न एकमत

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १३:१२

१२ भदौ, काठमाडौं । संघ, प्रदेश र स्थानीय तह पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न एकमत भएका छन् । शनिबार सम्पन्न तीन वटै तहको समन्वय तथा अन्तर सम्बन्ध (संस्कृति तथा पर्यटन) विषयगत समितिको बैठकमा यस्तो सहमति भएको हो ।

बैठकले नेपालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्न सक्ने प्रकारको जलवायु तथा मौसमी विविधता रहेको भन्दै सोही हनुसार अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्ने सहमति जुटेको छ ।

प्रत्येक प्रदेशका पर्यटकीय दृष्टिकोणले आकर्षक र महत्वपूर्ण रहेका स्थानको ब्रान्डिङ गरी पर्यटकीय गन्तव्यको विविधिकरणमा जोड दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

पर्यटन क्षेत्रसँग सम्बन्धित साझा अधिकारका विषय, नेपाल सरकारबाट स्वीकृत कार्य विस्तृतीकरण र संघ, प्रदेश र स्तानीय तहबीच एकरुपता कायम गर्नुपर्ने नीतिगत विषयमा समेत छलफल भएको छ । नेपालको पर्यटनलाई पुनरुत्थान गर्दै राष्ट्रिय अर्थतन्त्रको प्रमुख मेरुदण्डका रुपमा स्थापित गर्न बनाइएको कार्ययोजना कार्यान्वयन गर्न समेत तीन वटै तहका सरकार सहमत भएका छन् ।

बैठकले २०२३–२०३३ को घोषणा गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ । निजी क्षेत्रलाई पर्यटन व्यवसायमा लगानीका निम्ती विभिन्न सुहलियत तथा सेवा सुविधा प्रदान गर्न अन्तर निकाय समन्वय बढाउने निर्णय समेत यो बैठकले गरेको छ ।

विदेशी पर्यटकको नेपालमा प्रवेश सहज बनाउन सीमा क्षेत्रमा हुने चेकजाँच व्यवस्थित गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने निर्णय समेत भएको पर्यटन मन्त्रालका सहसचिव टोकराज पाण्डले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?