+
+

बाढी प्रभावितको सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग पाकिस्तानको अपिल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १३:२३

१२ भदौ, काठमाडौं । बाढी प्रभावितको राहतका लागि पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायलाई गुहारेको छ ।

पाकिस्तानका आन्तरिक मामिलामन्त्री सलमान सुफीले अमेरिका, वेलायत र यूएईले सहयोग गरिरहेको, तर त्यो सहयोग प्रयाप्त नभएको भन्दै थप सहयोग मागेका हुन् ।

पाकिस्तान सरकारले बाढी प्रभावितको उद्धार र राहतका लागि सक्दो काम गरिरहेको पनि बताएका छन् । पछिल्लो ३ महिनामा बाढी र पहिरोबाट पाकिस्तानमा १ हजार बढीको मृत्यु भएको छ ।

पाकिस्तानले बाढी प्रभावित ६६ जिल्लालाई विपद् प्रभावित जिल्ला घोषणा गरेको छ । तीनदिनअघि उत्तर पश्चिमी पाकिस्तानको खैबर पख्तुनखवा प्रान्त भीषण बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?