+
+

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा रायमाझी मनोनित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १३:२४

१३ भदौ, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनित भएका छन् ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रायमाझीलाई दलको नेता पदमा मनोनयन गरेका हुन् ।

यसअघि राष्ट्रिय सभामा कांग्रेस दलको नेता राधेश्याम अधिकारी थिए । उनको कार्यकाल २०७८ साल फागुनमा सकिएपछि सो पद रिक्त थियो ।

चार वर्षे कार्यकाल समाप्त भएर विदा भएका २० सांसदहरुमध्ये अधिकारी पनि एक थिए ।

२० सदस्यको पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै राष्ट्रिय सभा सदस्य निर्वाचन गरिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?