+
+

अल्मुताइरीका कारण एन्फालाई एएफसीले लगायो ७ हजार डलर जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १६:०९

१३ भदौ, काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिबाना लगाएको छ । एएफसीको अनुशासन र आचार संहिता कमिटीले सोमबार दुई फरक नियम उल्लंघन गरेको आरोपमा ७ हजार डलर जरिबाना लगाएको एएफसीले जनाएको छ ।

एएफसी एसियन कप तेस्रो चरणको छनोट अन्तर्गत इन्डोनेसिया विरुद्धको खेलमा नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी प्रतिबन्धमा रहे पनि खेलमा संलग्न भएपछि एएफसीले ६ हजार डलर जरिबाना लगाएको हो ।

तेस्रो चरण अन्तर्गत समूह एमा जोर्डन र कुवेत विरुद्धको खेलमा लगातार पहेँलो कार्ड पाएपछि अल्मुताइरीमाथि एक खेलको प्रतिबन्ध थियो । तर उनी इन्डोनेसिया विरुद्धको तेस्रो खेलमा मैदान र ड्रेसिङ रुममा प्रवेश गरेको पाइएपछि एएफसीले जरिबाना लगाएको हो ।

उक्त खेलअघि असम्बधित व्यक्ति ड्रेसिङ रुममा गएको र मैदान प्रवेश गरेको भन्दै एएफसीले एन्फालाई ६ हजार प्रतिबन्ध लगाएको हो । एएफसी एसियन कप २०२३ प्रतियोगिता नियमावलीको धारा २१.१ उल्लङ्घन गरेकोमा एन्फालाई ६ हजार डलर तिर्न आदेश दिइएको छ ।

एएफसी अनुशासन र आचार संहिताको धारा ३४.१ र ३४.३ अनुसार एन्फाले जरिवाना मध्येको १ हजार ५०० डलर यो निर्णय भएको मितिबाट ९० दिन भित्र तिर्नु पर्नेछ । बाँकी ४ हजार पाँच सय अमेरिकी डलर भने एएफसीले २ वर्षको परीक्षणकालका लागि रोक्का गरिने छ । यो २ वर्षमा यस्तै नियम उल्लंघन गरेर त्यो रकम जफत हुने र थप जरिवाना लाग्ने एएफसीले चेतावनी दिएको छ ।

यसैगरी इन्डोनेसिया विरुद्धको खेलको पहिलो हाफ सुरु गर्न ढिलाइ गरेको भन्दै प्रतियोगिता सञ्चालन नियमावलीको धारा ३.२ उल्लङ्घन गरेकोमा एन्फालाई १ हजार अमेरिकी डलर जरिबाना लगाइएको छ।  जसमध्येको २५० डलर तत्काल ९० दिनभित्र तिर्नु पर्ने छ । बाँकी ७५० अमेरिकी डलर दुई वर्षको परीक्षण अवधिको लागि रोक्का गरिने छ । परीक्षण अवधि भित्र यस्तै प्रकृतिको अर्को उल्लङ्घन भएमा नयाँ जरिबाना थपिनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?