+
+

‘प्रकाश’ हेरेपछि गगन थापाले भने- बेपत्ता पारिएकाको परिवारलाई नजिकबाट बुझ्न पाएँ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १७:२९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फिल्म ‘प्रकाश’ हेरेका छन् । विशेष शोमा उनले कलाकारसँगै हलमा दुई घण्टा बिताए ।

संसदमा बेपत्ता नागरिकका सन्दर्भमा संक्रमणकालीन न्याय विधेयक बनिरहेको भन्दै थापाले ‘प्रकाश’ हेर्दा बेपत्ता परिएकाको परिवारको पीडालाई थप नजिकबाट नियाल्न पाएको बताए ।

‘विधेयकमाथि छलफल हुँदै गर्दा हामीले बेपत्ता नागरिकलाई सामान्यीकरण गर्दै गएका छौं । यति हजार मान्छे मरे, यति बेपत्ता भए भनेर समान्यीकरण गर्दै गर्दा ती प्रत्येक बेपत्ता वा मृतकसँग एउटा कथा जोडिएको छ, परिवार जोडिएको छ, समाज जोडिएको छ,’ उनले भने ।

फिल्मले आफूलाई त्यसतर्फ झक्झकाएको अनुभव पनि उनले बाँडे । ‘प्रकाश’ हेरेपछि फिल्मको कथा निकै सशक्त रहेको उनले प्रतिक्रिया दिए । ‘जुम्लाको जनजीवन, भाषा र त्यहाँको समाज बुझ्न चाहने जो कोहीलाई पनि यो फिल्मले यहीं बसेर जुम्ला देखाउन सक्षम छ,’ उनले भने ।

दिनेश राउतको निर्देशन र महेन्द्र अधिकारीको निर्माणमा बनेको फिल्मले शिक्षक बन्न एक जुम्लेली युवकले गर्ने संघर्षको कथा पेश गर्छ । विकास सुवेदीको पटकथा रहेको फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे लगायतको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?