+
+

खगेन्द्र लामिछानेको उपन्यास ‘फुर्के’को आवरण सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १८:१४

१३ भदौ, काठमाडौं । लेखक तथा अभिनेता खगेन्द्र लामिछानेको उपन्यास ‘फुर्के’को आवरण सार्वजनिक भएको छ । लेखक खगेन्द्रले ‘फेसबुक लाइभ’मार्फत पुस्तकको भिडियो टिजरका साथमा पुस्तकको कभर सार्वजनिक गरेका हुन् ।

आफ्नो लेखन जीवनकै पहिलो उपन्यासको आवरण सार्वजनिक गर्दा उत्साहित भएका खगेन्द्र भन्छन्, ‘जीवन मानिसको मात्र हुँदैन । जीवनलाई मानिसले मात्र अनुभूत गर्दैन । हरेक जीवले आ-आफ्नो ढंगले जीवनलाई आ-आफ्नै तरिकाले अनुभूत गर्छन् ।’ उपन्यासको प्रमुख पात्र फुर्के नामक कुकुरको जीवनका आरोह-अवरोहमा उपन्यास केन्द्रित छ । मानिसको सबैभन्दा नजिकको साथी र संवेदनशील प्राणी कुकुरको मान्छेसँगको सम्बन्ध, मानव समाजलाई हेर्ने उसको दृष्टिकोण र उसको जीवन भोगाइका कथाहरूलाई उसकै भाषामा उपन्यास ‘फुर्के’मा प्रस्तुत गर्ने कोसिस गरेको छु ।”

“संसारमा पढी पढिने मान्छेबाहेकका आख्यानमा कुकुरको कथा रहेको तथा कुकुरको विषयमा बनाइएका सिनेमाहरू सर्वाधिक रुचाइएको पाइन्छ । खगेन्द्र लामिछानेको यो उपन्यासलाई पनि पाठकले मन पराउनेमा हामी विश्वस्त छौं ।’ प्रकाशक बुकहिलले प्रेस वक्तव्यमा भनेको छ ।

हार्डव्याक संस्करणमा मात्रै प्रकाशन हुने उपन्यासले कुकुरको सचित्र कथा भन्नेछ । उपन्यासको आवरण स्केच समीत श्रेष्ठ, आवरण डिजाइन सचिन यगोल श्रेष्ठ र लेआउट उमेश काफ्लेले गरेका हुन् ।

बालबालिकादेखि जुनसुकै उमेरका मानिसले पढ्न मिल्ने उपन्यासको मूल्य ५०० रुपैयाँ राखिएको छ । विशेष कार्यक्रमको आयोजना गरी उपन्यास भदौ अन्तिम साता सार्वजनिक गरिनेछ ।

यसअघि खगेन्द्र लामिछानेका ‘फूलानी’ कथा सङ्ग्रह र ‘खगेन्द्र लामिछानेका नाटक’ पुस्ताकाकार प्रकाशित छन् । उनीद्वारा लिखित, अभिनीत तथा निर्देशित फिल्म ‘पानीफोटो’ अघिल्लो महिना प्रदर्शन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?