+
+

बेलायतमा नेपाली एक्सन चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते ९:४४

लण्डन । चर्चित तेक्वान्दो खेलाडी एवं ग्राण्ड मास्टर राजकुमार राई अभिनित एक्सन चलचित्र ‘सोल अफ द कमाण्डो’को बेलायतमा प्रिमियर गरिएको छ ।

बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा शनिबार रेड कार्पेटसहित भव्य समारोह गरी चलचित्रको प्रिमियर शो गरिएको हो ।

विदेशी चलचित्रकर्मीहरुको समेत सहभागिता रहेको कार्यक्रममा नेपाली सिने जगतका लोकप्रिय कलाकारहरुको पनि उपस्थिति थियो । प्रिमियर शोमा सहभागी अधिकांश दर्शकहरुले चलचित्र अत्यन्तै राम्रो बनेको प्रतिक्रिया दिए।

प्रिमियर शोमा छ सय भन्दा बढी दर्शकहरुको सहभागिता रहेको थियो । दर्शकहरुको सकरात्मक प्रतिक्रियाले आफ्नो आत्मबिश्वास बढाएको र आगामी दिनहरु यो भन्दा अझ राम्रो चलचित्र निर्माणको लागि हौसला मिलेको चलचित्रका मुख्य कलाकार एवं निर्माता राजकुमार राईले बताए ।

चलचित्रको पहिलो प्रिमियर शो भब्यताका साथ सफल भएसँगै अब बेलायतका अरु विभिन्न शहरहरुमा पनि चलचित्रको प्रदर्शन गर्दै जाने चलचित्र निर्माण टिमले जनाएको छ । नेपालमा भने यो चलचित्रको प्रदर्शन सन् २०२३ मा मात्र हुने भएको छ ।

नेपाल लगायत विभिन्न देशमा समेत छांयाङ्कन गरिएको चलचित्र ‘सोल अफ द कमाण्डो’ले नेपाली एक्सन चलचित्रको क्षेत्रमा नयाँ आयाम ल्याउने विश्वास राखिएको राईले बताए । युवराज राई (वीरबहादुर) द्वारा निर्देशित यो चलचित्र रवि थापा, धन लिम्बु र मिलन राईले निर्माण गरेका हुन् ।

एक सैनिकको संघर्षलाई चलचित्रको कथाबस्तुमा समेटिएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खड्का, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु, पूर्ण लिम्बु लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?