+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
४० बलमा २५ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
96/0 (13.2)
Shares

विद्यार्थी कुटपिट गर्ने शिक्षकलाई कारबाहीको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १२:३३

१४ भदौ, बुटवल । बुटवलको एक निजी बोर्डिङका शिक्षकले कक्षाकोठामै विद्यार्थी कुटपिट गरेको भन्दै विद्यार्थी र अभिभावकले शिक्षकमाथि कारबाहीको माग गरेका छन् ।

दीप बोर्डिङ हाई स्कुलका कम्प्युटर शिक्षक एकराज गुरागाईले कक्षा १० का विद्यार्थी जेनित रायमाझीलाई हाँसेको भन्दै गालामा थप्पड हानेका हुन् ।

गुरागाईंले थप्पड हान्दा तिलोत्तमा-५ का रायमाझीको कान र बंगारामा समेत असर गरेको जेनितका अभिभावकले बताए । ‘चोटका कारण डाक्टरले १५ दिनसम्म आराम गर्न भन्नुभएको छ’ जेनितकी आमा चन्दा रायमाझीले भनिन्, ‘कक्षा कोठामै विद्यार्थी कुट्ने शिक्षकमाथि कारबाही हुनुपर्छ ।’

विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले शिक्षक गुरागाईंले जेनितलाई कुटपिट गरेकोबारे विद्यालयले आन्तरिक छानबिन गरिरहेको र दोषी प्रमाणित भए कारबाही गर्ने बताए ।

उनले जेनितका बुबा डिबी रायमाझी पनि  एक महिनाअघिसम्म विद्यालयका शिक्षक रहेको र हाल छोडेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?