+
+

सानिमा बैंकको ५ अर्बको ऋणपत्र नेप्सेमा सूचीकृत

सानिमा बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १८:१७

१४ भदौ, काठमाडौं । सानिमा बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । १४ भदौ मंगलबारका दिन नेप्से र सानिमा बैंकबीच ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको हो ।

बैंकले १०.२५ प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ नाम दिइएको उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको छ ।

नेप्सेमा ऋणपत्र सूचीकरण भएसँगै १५ भदौ बुधबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?