+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

सहकारी सञ्चालकलाई सुरक्षा दिन गृह मन्त्रालयलाई पत्राचार

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १९:५९

१३ भदौ, काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी सञ्चालकलाई सुरक्षा प्रदान गर्न भन्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

१२ भदौमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेख्दै केही सहकारी संस्थाहरुमा बचत फिर्ता तथा ऋण असुलीका क्रममा सहकारीका सदस्यबाटै कर्मचारी तथा सञ्चालकलाई अभद्र व्यवहार तथा कुटपिटसमेत भएको भन्दै सम्बन्धित सहकारी संस्थाले माग गर्दा सुरक्षा व्यवस्था मिलाउने आग्रह गरेको छ ।

‘पछिल्ला दिनहरुमा केही सहकारी संस्थाहरुमा बचत फिर्ता तथा असुलीका क्रममा सदस्य तथा अन्य व्यक्तिहरुले संस्थाका कर्मचारी तथा सञ्चालकहरुलाई अभद्र व्यवहार तथा कुटपिट समेत गर्ने गरेको भनी सहकारी विभागबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन लेखि आएकोले सम्बन्धित सहकारी संघसंस्थाले माग गरेको बखत तदअनुरुप आवश्यक सुरक्षा व्यवस्था मिलाइदिनुहुन आदेशाअनुसार अनुरोध छ,’ भूमि व्यवस्था सहकारी तथा गरीवि निवारण मन्त्रालयले गृह मन्त्रालयललाई लेखेको पत्रमा भनिएको छ ।

पछिल्लो समय केही सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि बचकर्ताले सहकारीहरूमा धर्ना दिँदै आएको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?