+
+

एक हप्तामा प्रतितोला १८ सयले घट्यो सुनको मूल्य

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार पछिल्लो एक सातामा सुनको मूल्य तोलामै १ हजार ८ सय र चाँदीको मूल्य ४५ रुपैयाँ घटेको छ । 

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते ११:५९

१५ भदौ, काठमाडौं । सुनको मूल्य एकै दिन तोलमा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । महासंघकाअनुसार सुनको मूल्य ओरालो लागेको यो लगातार पाँचौं दिन हो ।

आज छापावाल सनुको मूल्य तोलामा ९४ हजार रुपैयाँ, तेजावी सनुको मूल्य ९३ हजार ५ सय र चाँदीको मूल्य एक हजार १३० रुपैयाँ प्रतितोला कायम भएको छ ।

मंगलबार ९४ हजार ८ सय रुपैयाँमा छापावाल, ९४ हजार ३ सय रुपैयाँमा तेजावी र एक हजार १४५ रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो । महासंघका अनुसार भदौ ९ यता सुनको मूल्य निरन्तर घटेको छ ।

९ भदौमा ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य १५ भदौसम्म आइपुग्दा तोलामै १८ सय रुपैयाँले घटेको छ ।

यस्तै चाँदीको मूल्य पनि ९ भदौयता निरन्तर ओरालो लागेको छ । सो दिन प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १५ भदौमा आइपुग्दा ४५ रुपैयाँले घटेर एक हजार १३० रुपैयाँमा आइपुगेको छ ।

सुनको मूल्य घट्नुमा अन्तर्राष्ट्रिय कारण नै रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । ठूला अर्थतन्त्र भएका मुलुकहरुको केन्दि्रय रिजर्भ बैंकले निक्षेपको ब्याजदर बढाउँदा लगानीकर्ता सुनमा भन्दा पनि बैंक निक्षेपमा केन्दि्रत हुँदाको असर सुन मार्केटमा देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?