+
+

पत्रकार बबिता बस्नेतको ‘समय साक्षी’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १७:५४

१५ भदौ, काठमाडौं । पत्रकार बबिता बस्नेतको पुस्तक ‘समय साक्षी’ सार्वजनिक भएको छ । प्रकाशक संस्था बुक हिलले बुधबार आयोजना गरेको कार्यक्रममा प्रथम गभर्नर हिमालयशमशेर राणा, कथाकार भुवन ढुङ्गाना, लेखक बस्नेत र उनका आमाबुबाले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै पहिलो गभर्नर राणाले यात्रा गर्दाको दैनिकीको स्वरुपमा पुस्तक आएको बताए । तीन चार पृष्ठका छोटा अध्याय रहेकाले पुस्तक पढ्न रुचिकर रहेको उनले सुनाए । पत्रकार बस्नेतले यात्राका बेला भेटेका विषयवस्तुलाई महिला अधिकारसँग जोडेर प्रस्तुत गरेको जानकारी कार्यक्रममा राणाले गराए ।

पुस्तकका विषयमा समीक्षात्मक मन्तव्य व्यक्त गर्दै कथाकार भुवन ढुङ्गानाले पुस्तकमा दुई सय १२ वटा निबन्ध समेटिएको बताइन् । विदेश गएका बेलाको यात्रा संस्मरणका विषय बढी रुचि लाग्ने खालका भएको उनले सुनाइन् ।

‘चीन भ्रमणका बेला ग्रेटवालजस्ता ऐतिहासिक स्थलको विषयमा लेखिनुपर्ने थियो, यस्ता विषय छुटेको छ, कतिपय शीर्षक अङ्ग्रेजीमा राखिएको छ, यसो नगरी नेपालीमै मात्र राखे राम्रो हुन्थ्यो, पुस्तक यात्रा संस्मरणभन्दा पनि दैनिकीजस्तो बन्न पुगेको छ,’ कथाकार ढुंगानाले भनिन् ।

पत्रकार बस्नेतले यात्रा धेरैले गर्ने गरे पनि अभिलेख नराख्ने गरेको सुनाउँदै आफूले यात्राका बेला भेटिएका विषयवस्तुलाई समेटेर पुस्तक लेखेको जानकारी गराइन् । यसमा आफ्ना कथा र यात्राका कहानी समेटिएको उनले जानकारी गराइन् ।

कार्यक्रममा बुक हिलका संस्थापकद्वय पवन आचार्य र भूपेन्द्र खड्काले यात्रा संस्मरणमा उल्लेखनीय पुस्तक पाठकसामु ल्याउन सफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?