+
+

६ तला माथिबाट खस्दा बुद्धनगरमा दुई बालबालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १९:१९

१५ भदौ, काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित एक घरमा ६ तला माथिबाट खस्दा दुईजनाको मृत्यु भएको छ ।

अन्दाजी १३ र १४ वर्षका अनिकेत रोय र कृतिका जैसवालको मृत्यु भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

घरबाट तल खसिरहेको अवस्थामा देखेपछि उनीहरुलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो । तर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले छतबाट हाम्फालेको हुनसक्ने बताइएको छ ।

विस्तृत अनुसन्धान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?