+
+

टिकटक बन्द गर्न सप्तरीका युवाहरूको माग

रासस रासस
२०७९ भदौ १५ गते १९:५३

१५ भदौ, सप्तरी । सप्तरीका युवाहरू टिकटक एप बन्द गर्ने अभियानमा जुटेका छन् । समाजमा अश्लीलता बढिरहेको भन्दै युवाहरूले सप्तरीको राजविराजमा बुधबार टिकटक एप बन्द गर्नका लागि प्रदर्शन गरे ।

विभिन्न ठाउँबाट टिकटक एप बन्दको आवाज आउन लागेका बेला टिकटक बन्द सङ्घर्ष समिति सप्तरीद्वारा जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज ज्ञापनपत्र बुझाएको सङ्घर्ष समिति अभियानका जिल्ला संयोजक सच्चिदानन्द यादवले जानकारी दिए ।

प्रदर्शनमा उत्रेका युवाहरूले ‘टिकटक बन्द गर’, ‘टिकटकमा अश्लीलता भिडियो बनाउनेलाई कारबाही गर’, ‘टिकटक भगाऊँ आफ्नो संस्कृति बचाऊँ’, ‘टिकटक बन्द सङ्घर्ष समिति जिन्दावाद’लगायतका नारासहित विरोध प्रदर्शन गरेका थिए ।

समाजमा अश्लीलताको सीमा नाघ्दै सामाजिक सञ्जालको व्यापक दुरुपयोग भइरहेको युवाहरूको आरोप छ । नेपालमा टिकटकमा सामाजिक विकृति मौलाउने खालका गतिविधिहरु अधिक नै बढ्न थालेपछि टिकटक बन्द सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको हो ।

यसअघि धनुषाको जनकपुरधाम र सिरहामा टिकटक बन्द गर्नुपर्ने माग राख्दै युवाहरुले प्रदर्शन गरेका थिए ।

टिकटक प्लेटफर्ममा अश्लीलताबाहेक अन्य केही नदेखिएको भन्दै यसले समाजमा विकृति फैलाएको ठहर गर्दै यसलाई निषेध गर्न अपिल गरिएको छ ।

छिमेकी मुलुक भारतमा समेत टिकटकले गर्दा शैक्षिकस्तर खस्किन थालेपछि तथा झन विकृति फैलिन थालेपछि भारत सरकारले टिकटक बन्द गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?