+
+

बारसँग मिलेर न्यायाधीशले नै षड्यन्त्र गरे : जबरा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते २१:०८

१५ भदौ, कामठाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका क्रममा केही न्यायाधीशले द्वैध चरित्र देखाएको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा उनले केही न्यायाधीशलाई चिकेन हर्टेड (चल्लाको मुटुजत्रो) चित्त भएको आरोप लगाएका छन् ।

‘छिनमा यहाँ बस्नुभयो, हेर्दाहेर्दै (गर्ने भनी) जानुभयो । फेरि यो मुद्दामा म बस्दिन भन्नुभयो’ न्यायाधीश हरिकृष्ण कार्कीलाई संकेत गर्दै उनले भने, ‘प्रधानमन्त्री केपी शर्माले नियुक्त गरेको महान्यायाधिवक्ता हुँ । उहाँको मुद्दा मैले हेर्दिन भन्नुहुन्छ । अर्कोतर्फ केपी ओलीजीले नियुक्त गरेका सबै मुद्दा हेर्नुहुन्छ । यस्ता द्वैध चरित्रका व्यक्तिहरु बार चरित्रबाट आएर बारसँग मिलेर षडयन्त्र गरेर आज न्यायपालिकालाई यो अवस्थामा पुर्‍याउनुभयो ।’

उनले प्रतिनिधिसभा विघटनको विषयमा अदालतले स्वतन्त्रतापूर्वक फैसला दिन नसकेको टिप्पणी गरे । ‘स्वतन्त्रपूर्वक फैसला गर्न दिएको भए यो स्थिति आउने थिएन’ भन्दै संसद सचिवालयबाट प्राप्त अडियो रेकर्डमा जबराले भनेका छन्, ‘मैले दुःखका साथ भन्नुपर्छ । फैसला गर्न गराउन सबै प्रयोग भयो । म त त्यहाँको ज्यूँदो साक्षी हो ।’

उनले यो न्यायाधीश विघटनको पक्षमा र यो विपक्षमा भनेर कित्ताकाट र मिडियाबाजी हुने गरेको भन्दै उनले आफूलाई विघटनको पक्षधरका रुपमा उभ्याइएको बताए । उनले भने, ‘प्रधानन्यायाधीश विघटनको विरुद्धमा हुनुहुन्छ भन्ने कुरा बाहिर आयो ।’

उनले न्याय प्रशासनको नेतृत्व आफूलाई सुम्पिएको भन्दै राजनीतिक मुद्दामा दृष्टिकोण र व्यवहार फरक भएकाले आफूले अप्ठेरो परिस्थिति खेपेको बताए । र उनले पटकपटक आफ्नो आलोचना गर्ने सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरुमाथि आक्रोश पोखे ।

‘यहाँसम्म आउँदा मलाई गौरवको विषय छ । म बोल्न त पाएँ । यति चिकेन हर्टेड न्यायाधीशहरु भएपछि संस्था चल्दैन । बारलाई हरिकृष्ण र प्रकाशमानजीले नेतृत्व गर्नुभयो । त्यही कारणले यो स्थिति सिर्जना भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?