+
+

चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का र महासचिवमा सुनिलकुमार थापा निर्विरोध निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १३:१५

काठमाडौं । नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । यस्तै दुई उपाध्यक्ष र महासचिवसहित सम्पूर्ण कार्यसमिति नै निर्विरोध चयन भएको छ । महासचिवमा सुनिलकुमार थापा निर्वाचित भएका छन् ।

बुधबार भएको उम्मेदवारी मनोनयनमा कसैको दाबी विरोध नपरेपछि उनीहरु निर्विरोध चुनिएका हुन् । उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई समेत निर्विरोध भए ।

सदस्यहरुमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा चुनिएका छन् । कार्यसमिति नै निर्विरोध भएपछि अब चुनाव नहुने भएको छ ।

नेपालभित्रै नेपाली फिल्मलाई रक्षात्मक स्थितिमा पुग्ने अवस्थाको अन्त्य गर्नु आफ्नो मुख्य प्राथमिकता भएको खड्काले अनलाइनखबरलाई बताए । नेपाली फिल्मलाई प्राइम टाइमको शो उपलब्ध गराउन पहल गर्ने र सर्भर चार्ज, विज्ञापन तथा पोस्टरको नाममा अनावश्यक आर्थिक बोझ बोकाउने कार्यविरुद्ध पनि आफूले काम गर्ने उनले बताए ।

विदेशी फिल्मबाट नेपाली फिल्म पेलिएको भन्ने यथार्थबारे आफू जानकार रहेको भन्दै खड्काले यसविरुद्ध पनि उभिने बताए । अन्य चुनौती परास्त गर्न चलचित्र विकास बोर्ड र चलचित्र संघसँग सहकार्य गर्न सकिने उनले बताए ।

नयाँ कार्यसमितिको शनिबार हुने १६ औं वार्षिक साधारणसभामा औपचारिक घोषणा हुने भएको छ । नयाँ कार्यसमिति सदस्यहरुको सपथग्रहण शनिबार हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?