+
+

संघ र प्रदेशको क्षेत्र तोकेरै सिट बाँडफाँट हुन्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १०:०७
पुष्पकमल दाहाल प्रचण्ड । फाइल तस्वीर

१७ भदौ, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा संघ र प्रदेशको निर्वाचन क्षेत्र तोकेरै सिट बाँडफाँट हुने बताएका छन् ।

शुक्रबार सुर्खेत पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै सिट बाँडफाँटको विषयमा बाहिर चर्चा भएजस्तो गठबन्धनभित्र कुनै असहमति नभएको दाबी गरे । ‘प्रदेश र क्षेत्रसहित एकैपटक टुंगो लगाउने एक खालको सहमति भएको छ । असहमति भन्ने छैन । त्यसलाई प्रभावकारी कसरी बनाउने भन्नेतिर नै छलफल केन्द्रित छ,’ प्रचण्डले भने ।

हिजो अबेरसम्म बसेर गठबन्धनमा संख्या सहमतिको नजिक पुर्याएको र अब एकैपटक प्रदेश र क्षेत्रको पनि टुंग्याउने गरी आज दिनभरी छलफल हुने अध्यक्ष प्रचण्डले बताए । ‘आजको छलफल सकिएपछि भोलिसम्म बसेर क्षेत्र र प्रदेश समेत सबै कुरालाई समग्रमा टुंग्याउने सहमति गरेका छौं’ प्रचण्डले भने ।

यो पटक प्रतिनिधि र प्रदेश दुबैमा सन्तुलित तालमेल गरिने भन्दै प्रचण्डले कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको बताए ।

फरक प्रसंगमा प्रचण्डले आगामी निर्वाचनमा आफू चितवन–३ बाटै चुनाव लड्ने बताए । नेकपा एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको भन्दै उनले निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने समेत संकेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?