+
+

मोरङ २ बाट रिजाल र कोइरालाको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १२:५७

१७ भदौ, विराटनगर । नेपाली कांंग्रेस मोरङ क्षेत्र नम्बर २ ले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस गरेको छ ।

वर्तमान सांसद डा. मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य सुजता कोइरालाको नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर २ का सभापति नागेश्वर सिंहका अनुसार सर्वसम्मत नभएपछि दुई जना आकाक्षीको नाम सिफारिस गरेको हो ।

रिजाल २०७४ सालको निर्वाचनमा बाम गठबन्धन उम्मेदवार ऋषिकेश पोखरेललाई पराजित गर्दै संसद निर्वाचित भएका थिए ।

उनी पुनः टिकटको दाबेदार हुन् । सुजता कोइराला भने बुबा गिरिजाप्रसाख कोइरालाले चुनाव लडेको क्षेत्रबाट आफू उम्मेदवार बन्ने बताउँदै आएकी छन् । दुवै नेताले एक अर्कालाई समानुपातिक सूचीमा बस्न आग्रह गर्दै आएका छन् ।

नेकपा एमालेबाट क्षेत्र नम्बर २ मा जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य ऋषिकेश पोखरेल एकल दाबेदार छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?