+
+
Shares

एकीकृत समाजवादी सर्लाहीका अधिकांश नेता एमालेमै फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १६:०७

१७ भदौ, जनकपुरधाम। पार्टी फुटको औचित्य पुष्टि गर्न नसकेको तथा माओवादीमा विसर्जन गर्न सुरू गरेको भन्दै नेकपा एकीकृत समाजवादी सर्लाहीका अधिकांश पदाधिकारी नेकपा एमालेमै फर्किएका छन् । शुक्रबार जिल्लाका उपाध्यक्षसहितका पदाधिकारी एमालेमै फर्किएका हुन् ।

जिल्ला कमिटी उपाध्याक्ष देवेन्द्र राय, सचिव गोविन्द अधिकारी, उपसचिव लिलादेवी कोइराला, केन्द्रीय परिषद सदस्य रूप नारायण सिंह, प्रचार विभाग प्रमुख तथा हरिवन नगर कमिटी अध्यक्ष चूडामणि वाग्ले, ईश्वरपुर नगर कमिटीका अध्यक्ष मेन कुमार गौतम, हरिपुर नगर कमिटी अध्यक्ष चूडामणि धामीसहितका नेताहरु एमालेमै फर्केका हुन् ।

मलगंवास्थित एमालेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज कमला देवी महतो, सह–ईन्चार्ज बद्री न्यौपाने, प्रदेश उपाध्यक्ष रेवती पन्त, जिल्ला अध्यक्ष राजनारायण साहसहितकाले उनीहरुलाई अबिर र खादा लगाइदिएर स्वागत गरेका छन् ।

कार्यक्रममा उपाध्यक्ष राय र सचिव अधिकारीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आफूहरु एमालेमै फर्किएको बताए। विभिन्‍न घट्नाक्रमले आगामी संसदीय निर्वाचन पछि यो पार्टी नै नरहने देखिएकाले अब पनि यो पार्टीमा रहिरहनुको औचित्य नदेखिएको बताएका छन् ।

विज्ञप्तिमा पार्टी फुटको औचित्य पुष्टि गर्न नसकेको तथा माओवादीमा विसर्जन गर्न सुरू गरेको पनि भनिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?