
१८ भदौ, सुर्खेत । नेकपा एमालेका कर्णाली प्रदेश इन्जार्च यामलाल कँडेल प्रदेशसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् ।
शनिबार बसेको एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले कँडेललाई सुर्खेत क्षेत्र नं २ (क) बाट प्रदेशसभा सदस्य उम्मेदवार सिफारिस गरेको हो ।
कँडेल यसअघि पनि सोही क्षेत्रमा प्रदेश सदस्यमा निर्वाचित भएका हुन् । मुख्यमन्त्री बन्ने भन्दै ०७४ मा प्रदेशमा लडेका कँडेल एमालेको स्पष्ट वहुमत हुँदा पनि मुख्यमन्त्री बन्न भन्न भने सकेनन् ।
फेरि पनि मुख्यमन्त्री बन्ने अपेक्षा सहित प्रदेशमा लड्न लागेको एमाले नेताहरुको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4