१८ भदौ, बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास ब्यक्त गरेका छन् ।
राष्ट्रपतिले संविधान बमोजिम एकपटक विधेयकलाई संसदमा फिर्ता पठाएको भन्दै खाँणले राष्ट्रियसभाले समेत पारित गरेको विधेयकलाई पुनः आइतबार राष्ट्रपति समक्ष पेश गर्ने बताए । शनिबार भैरहवामा आयोजित सिद्धार्थनगर सुनचाँदी ब्यवसायी संघको दोश्रो साधारण सभामा गृहमन्त्री खाँणले संविधानको धारा ११ मा रहेको ब्यवस्थालाई कार्यान्वयन गर्न सरकारले नागरिकता बिधेयक ल्याएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4