+
+

पर्यटनमन्त्रीलाई लाइनमा बस्नुस् भन्दा समातिए सुरक्षागार्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १४:१२

१९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस भन्‍ने एकजना सुरक्षागार्ड पक्राउ परेका छन् ।

शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा भिसा आवेदनका लागि बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न आग्रह गरेका थिए । तर मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्रेको छ ।

मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्डलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले अनलाइनखबरलाई बताए ।

पक्राउ पर्नेमा ‘गरूड सेक्युरिटी’ अन्तर्गत छायाँ सेन्टरमा कार्यरत शेरजंग गुरूङ छन् । उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्न प्रहरी वृत्त, दरबारमार्गलाई भनिएको बोहोराले बताए ।

स्रोतका अनुसार पर्यटनमन्त्री श्रेष्ठ छायाँ सेन्टर पुगेका बेला अन्य व्यक्तिहरु लाइन बसिरहेका थिए । निजी सुरक्षा अधिकृत (पीएसओ)सहित गएका पर्यटनमन्त्री श्रेष्ठ त्यहाँबाट अगाडि जान खोज्दा गुरूङले रोकेका थिए । लगत्तै पीएसओले उनी मन्त्री भएको बताए ।

तर सुरक्षागार्ड श्रेष्ठले ‘जो भए पनि लाइन’मा आउनुस् भनेका थिए । त्यसपछि विवाद भएको थियो । यही विषयलाई लिएर मन्त्रालयले प्रहरीमा जाहेरी पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?