+
+

रणवीर-आलियाको ‘ब्रह्मास्त्र’को अग्रिम टिकट बिक्री आक्रामक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १४:२९

काठमाडौं । बलिउड कपल रणवीर कपुर र आलिया भट्टको नयाँ फिल्म ‘ब्रह्मास्त्र’ ९ सेप्टेम्बरमा रिलिज हुँदैछ ।

रिलिज मिति नजिकिंदै जाँदा फिल्मको अग्रिम टिकट बुकिङ पनि शुक्रबारबाट नै खुलिसकेको छ । यो जोडीको फिल्म हेर्न दर्शकहरुमा व्यग्र प्रतीक्षा देखिएको छ, किनकि ‘ब्रह्मास्त्र’को टिकट बुकिङ आक्रामक देखिएको छ ।

टुडी र थ्रीडी र आइम्याक्स थ्रीडी फर्म्याटमा रिलिज हुनेको फिल्मको अग्रिम टिकट बुकिङ अमेरिकामा भने ३० अगस्टमै खुला गरिएको छ ।

भारतका ५ हजार र अन्य मुलुकका ३ हजार गरी ८ हजार पर्दामा एकसाथ रिलिज हुने ‘ब्रह्मास्त्र’को हालसम्म ५० हजार टिकट बिक्री भइसकेको बलिउड हंगामाले जनाएको छ ।

बलिउडमा एकपछि अर्को फिल्म असफल भइरहेको बेला ‘ब्रह्मास्त्र’को टिकट बुकिङले सुखद् संकेत गरेको ट्रेड एनालिस्टहरुले उल्लेख गरेका छन् ।

करण जौहर प्राडक्सन, स्टार स्टुडियोज, धर्मा प्रोडक्सन, प्राइम फोकस र स्टारलाइट पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको फिल्मलाई आयान मुखर्जीले निर्देशन गरेका छन् । ‘ब्रह्मास्त्र’ हिन्दीका साथै तेलुगू, तमिल, मलयालम र कन्नड भाषामा पनि प्रदर्शन हुने छ ।

फिल्ममा अभिताभ बच्चन, मौनी रोय र नागार्जुन अक्किनेनीको पनि मुख्य भूमिका छ । साथै शाहरुख खान केमियो भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?