+
+
Shares

ग्लोबल आईएमई बैंक र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाबीच समझदारी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १७:२१

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र सहकारी संस्थाका तर्फबाट संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले हस्ताक्षर गरे ।

सम्झौता अनुसार ग्लोबल आईएमई बैंकले भण्डारा लगायत चितवनका विभिन्न स्थानमा उन्नत जातका गाई तथा र्भैसी पालन गरी दूध तथा दुग्धजन्य वस्तुहरु उत्पादन गर्ने कृषकहरुलाई सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने सहकारी संस्थाले बैंकको सिफारिसमा साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।

उक्त अवसरमा ग्लोबल आईएमई बैंकले स्थानीय किसानहरुलाई डिजिटल बैंकिङ सेवाको मूलप्रभावमा जोड्न वित्तीय साक्षरता सम्बन्धि चेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको थियो । कार्यक्रममा तीन सय बढी स्थानीयहरुको उपस्थिति रहेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?