+
+

सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १२:१३

२० भदौ, काठमाडौं । सोमबार सुन चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार ७ सय, तेजावी सुनको मूल्य ९३ हजार २ सय र चाँदीको मूल्य प्रतितोला एक हजार ११५ रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ र तेजावी सनुको मूल्य ९३ हजार एक सय रुपैयाँ थियो । यस्तै हिजो चाँदी प्रतितोला ११ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?