+
+

खप्तड लघुवित्तको आईपीओ बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १२:२१

२० भदौ, काठमाडौं । खप्तड लघुवित्तले निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सार्वजनिक निष्कासनमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

सोमबार बिहान भएको बाँडफाँटमा १२ हजार ३४० जनालाई १० कित्ताका दरले सेयर प्रापत गरेको प्रभु क्यापिटलले जनाएको छ । लघुवित्तले ८ भदौदेखि १२ भदौसम्म १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर सार्वजनिबक निष्कासनमा ल्याएको थियो । जसमध्ये कम्पनीको जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सार्वजनिक निष्कासन हुने सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेर बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता सेयर सर्वसाधारणको लागि आवेदन खुला गरेको थियो ।

उक्त सार्वजनिक निष्कासनमा १८ लाख ८३ हजार ११८ आवेदन परेको क्यापिटलले जनाएको छ। जसमध्ये १ लाख ४४ जनाको आवेदन १७ लाख ८३ हजार ७४ जनाको आवेदन स्वीकृत भएको जनाएको छ । सोही स्वीकृत भएको आवेदकलाई गोलाप्रथामा सहभागी गराएर १२ हजार ३४० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँट भएको छ । अन्य आवेदकले भने सेयर प्राप्त गरेनन्।

कम्पनीको आईपीओ नतिजा, बिक्री प्रबन्धक प्रभु क्यापिटल र लघुवित्तकै वेबसाइट तथा सीडीएस एण्ड क्लियरिङले आईपीओ नतिजा हेर्नको लागि बनाएको वेबसाइट र मेरोसेयर मार्फत हेर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?