+
+

गोंगबु बसपार्क क्षेत्रमा महानगरको डोजर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १३:२८

२० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतबार कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको महानगरले सोमबार गोंगबु बसपार्क क्षेत्रका अनधिकृत संरचना हटाउन थालेको हो ।

काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउने काम भइरहेको छ ।

म्हेपीदेवीबाट मित्रनगर तर्फ जाने सडकमा अहिले महानगरले डोजर प्रयोग गरेर अवैध संरचनाहरु हटाइरहेको पाण्डेले बताए ।

महानगरले डोजर लगाएर अनधिकृत संरचना हटाएको दृश्य हेर्न स्थानीयको भीड बढेपछि प्रहरीले बल प्रयोग गरेर सो क्षेत्र खाली गराएको छ । नेपाल प्रहरीको टोलीले नगर प्रहरीको आग्रहमा भीडलाई हटाएको महानगरले जनाएको छ ।

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?