+
+

त्रिशला गुरुङ र संगीतकार रोहित शाक्य प्रेममा छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १४:५७

काठमाडौं । त्रिशला गुरुङ कभर गीत गाएर चर्चामा आएकी गायिका हुन् । पेसाले चिकित्सक समेत रहेकी त्रिशलाको प्रेम सम्बन्ध पनि अब चर्चाको विषय बनेको छ ।

‘क्युट’ गायिका त्रिशलाले आफू प्रेममा रहेको कुरा सार्वजनिक गरेकी छन् । आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत आफू प्रेममा रहेको संकेत गरेकी हुन् । उनले सेयर गरेका तस्वीर र क्याप्सन हेर्दा उनी संगीतकार रोहित शाक्यसँग प्रेममा रहेको अड्कल सजिलै काट्न सकिन्छ ।

रोहितसँगको तस्वीर सेयर गर्दै त्रिशलाले लेखेकी छन्, ‘भर्खरै मैले महसुस गरें कि हामी लामो समयसम्म साथी बन्न सक्छौं । तिमी मेरो हौ, र तिमीलाई थाहा छ त्यसैले तिमीलाई मन पराउँछु ।’

तर सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भने त्रिशलाले आफू र रोहित मिल्ने साथी मात्र भएको बताइन् । आफ्नो गीत ‘अ ह्यापियर सङ’ गीतको शोका क्रममा रोहित नजिकको साथी भएकाले उक्त तस्वीर र पोस्ट सेयर गरेको उनको भनाइ छ । उनले हाँस्दै भनिन्, ‘यस्तो समाचार आएपछि मैले घरमा गाली खाएँ ।’

तस्वीर : त्रिशला गुरुङको इन्स्टाग्रामबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?