+
+

राष्ट्र बैंक आफैंले खरिद गर्‍यो १ अर्ब ६० करोडको ट्रेजरी बिल

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल पुनः आफैं खरिद गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १९:४१

२० भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल पुनः आफैं खरिद गरेको छ । सोमबार केन्द्रीय बैंकले ९१ दिन र ३६४ दिनको गरी ६ अर्ब २६ करोडको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोलमा ल्याएको थियो ।

जसमध्ये १ अर्ब ६० करोडको करोडको ट्रेजरी बिल राष्ट्र बैंकले खरिद गरेर ४ अर्ब ६६ करोड मात्रै बैंकहरुलाई नवीकरण गरेको छ । सोमबार ९१ दिन अवधिको ४ अर्ब २६ करोडको ट्रेजरी बिल बोलकबोल भएको थियो । उक्त ऋणपत्रमा १६ बैंक तथा वित्तीय संस्थाले कुल ८६ आवेदन मार्फत ११ अर्ब २७ करोडका लागि बोलकबोल गरेका थिए ।

उक्त ट्रेजरी बिल बैंकहरुलाई नै बिक्री भएको राष्ट्र बैंकले जनाएको छ । उक्त ट्रेजरी बिलको डिस्काउन्ट रेट न्यूनतम ८.८३९९ र उच्च ९.२० प्रतिशत तथा औसत ९.०५९० प्रतिशत कायम भएको छ ।

सोमबार नै ३६४ दिन अवधिको २ अर्बको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल भएकोमा ४० करोड मात्रै बैंकहरुलाई दिएर १ अर्ब ६० करोड राष्ट्र बैंकले खरिद गरेको छ । उक्त ट्रेजरी बिल खरिका लागि ११ बैंक तथा वित्तीय संस्थाले ५९ वटा आवेदन मार्फत ७ अर्ब ५० करोडको माग गरेका थिए । उक्त ट्रेजरी बिलको डिस्काउन्ट न्यूनतम ८.९७९९ प्रतिशत र उच्च ९.०८ प्रतिशत तथा औसत ९.०३ कायम भएको छ ।

१० साउनमा राष्ट्र बैंकले नवीकरणका लागि ल्याएको ट्रेजरी बिलमा बैंकहरुले १४ प्रतिशतसम्म डिस्काउन्ट रेटमा बिड गरेपछि १७ साउनदेखि राष्ट्र बैंकले ट्रेजरी बिल आफैं खरिद गर्न सुरु गरेको थियो । यसरी ट्रेजरी बिलको डिस्काउन्ट रेट एकल अंकमा आएपछि गत सोमबार नवीकरणका लागि बोलकबोल भएको ३ अर्ब १३ करोडको ट्रेजरी बिल भने बैंकहरुलाई नवीकरण गरिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?