
काठमाडौं । मेलिना राई र प्रताप दासको स्वरमा ‘कठै बिचरा’ गीत सार्वजनिक भएको छ । रोमान्टिक डान्सिङ बिटको गीतमा सुदीप अत्रेयाको शब्द रचना र किरण माइकल घिमिरेको संगीत छ ।
गीतको भिडियोमा राज कटुवाल र प्रमिला क्षेत्री फिचर्ड छन् । यो जोडीले रोमान्टिक मुडमा डान्स स्टेप्स गरेका छन् ।
जीवन शाहीको निर्देशन रहेको म्युजिक भिडियोमा दीपकमान सिंहको कोरियोग्राफी छ । रमेश शाहीले निर्माण गरेको भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4