+
+

खानेपानी तथा सरसफाइ विधेयक प्रमाणीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २१ गते १८:१२

२१ भदौ, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले खानेपानी तथा सरसफाइ सम्बन्धमा व्‍यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन् ।

राष्ट्रपति कार्यालयका अनुसार मंगलबार उक्त विधेयक प्रमाणीकरण भएको हो । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै खानेपानी तथा सरसफाइ विधेयक अब ऐन बनेको छ ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?