+
+

दुर्गा ढकालको कवितासंग्रह ‘अक्षरको परकम्पन’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १४:३१

काठमाडौं । दुर्गा ढकालको कवितासंग्रह ‘अक्षरको परकम्पन’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, प्राध्यापक डा. रमेश भट्टराई, प्राध्यापक डा. सुरेन्द्र केसी र साहित्यकार युवराज नयाँघरले संयुक्त रुपमा पुस्तक विमोचन गरे ।

विमोचनपछि कार्यक्रमका अतिथिहरुले १४ वर्ष विदेशी भूमिमा बसेर नेपाली साहित्यलाई माया गरेर कविता संग्रह ल्याउनु आफैंमा सुन्दर कार्य रहेको बताए । प्रतिष्ठानका कुलपति उप्रेतीले ‘कविता एउटा विचार हो’ भन्दै जो जहाँ गए पनि मानिसले आफ्नो भूगोल, संस्कार र संस्कृतिको माया गर्ने बताए ।

सामाजिक अभियन्ता समेत रहेकी लेखिका ढकाल परिवारसहित १५ वर्षदेखि बेलायतमा बसोबास गर्दै आएकी छन् । पुस्तकलाई राष्ट्रिका साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?