+
+

पर्साको ४ वटै क्षेत्रमा माओवादी केन्द्रले सिफारिस गर्‍यो उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १७:१०

२२ भदौ, वीरगञ्ज । नेकपा माओवादी केन्द्रले पर्साका सबै ४ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्रको पर्सा जिल्ला समन्वय समितिको बुधबार वीरगञ्जमा बसेको बैठकले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा प्रत्यक्षतर्फ चुनाव लड्न इच्छुक नेता कार्यकर्ताहरुको नाम मधेस प्रदेश समितिमा सिफारिस गरेको हो ।

पर्सा क्षेत्र नम्बर १ बाट जफर अन्सारी, क्षेत्र नम्बर २ मा बालकृष्ण श्रेष्ठ, क्षेत्र नम्बर ३ मा डाक्टर सुभाष यादव र क्षेत्र नम्बर ४ मा टेक बहादुर शाक्य र इमदाद गद्दीको नाम सिफारिस भएको छ ।

यस्तै प्रदेशसभा सदस्यतर्फ क्षेत्र नम्बर १ को (क) मा रहबर अन्सारी, प्रभु यादव र पस्मिना कादरी तथा १ को (ख) मा सुरेन्द्र गुप्ता, क्षेत्र नम्बर २ को (क) मा अमिताभ बच्चन दास र २ को (ख) मा प्रभाकर गुप्ताको नाम सिफारिस भएको छ ।

क्षेत्र ३ को (क) मा बालेश्वरप्रसाद थारु र ३ को (ख) मा छोटेलाल यादव, क्षेत्र नम्बर ४ को (क) मा विजय महतो र विरेन्द्रप्रसाद यादव र ४ को (ख) मा शेख चाँद तारा, सन्तोष पटेल र मुरली मनोहर तिवारीको नाम सिफारिस गरिएको माओवादी केन्द्र पर्साका जिल्ला संयोजक राम दरश कुशवाहाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?