+
+

चीनमै रोकिए दसैँका सामान

रासस रासस
२०७९ भदौ २२ गते १४:०५
फाइल तस्वीर

२२ भदौ, काठमाडौं । दसैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान तिब्बत क्षेत्रमै रोकिएका छन् ।

दसैँका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्था आएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार झण्डै ५० कन्टेनर स्याउ कुहिने अवस्थामा पुगेको छ । नेपालका लागि स्याउ ल्याउने व्यापारी सबै चिनियाँ नै हुन् ।

कोरोना संक्रमण फैलिएपछि तिब्बत क्षेत्रमा लकडाउन जारी रहेकाले चिनियाँ मुख्य भूमिबाट ल्हासा आउने ढुवानीको गाडी तत्कालका लागि उतै रोक्न चीन सरकारले आदेश गरेको छ ।

दुई सयभन्दा बढी कन्टेनर केरुङ र करिब एक सय कन्टेनर खासा नाकामा रोकिएका अध्यक्ष बस्नेतले जानकारी दिए । उनका अनुसार मिम्बुमा ३०, सिगात्सेमा २५ र ल्हासामा पनि केही गाडी रोकिएका छन् ।

चीनले नाकाबन्द गरेको भन्न नमिले पनि सामान आयातमा रोक लागेको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए । गौतमका अनुसार चीन स्वशासित क्षेत्र तिब्बतका विभिन्न सहरमा कोरोनाका कारण ८ अगस्टदेखि लगाएको लकडाउन अझै जारी छ ।

आयात रोकिँदा बजारमा रहेका सामान क्रेडिटमा रहेको र बैंकले पनि ऋण दिन छोडेकाले उत्तरी नाकामा काम गर्ने व्यापारी समस्यामा परेको नेपाली व्यापारी सुवास तिमल्सिनाले गुनासो गरे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?