+
+

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६० कर्मचारीले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते २०:००

२२ भदौ, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत ६० जना कर्मचारीले राजीनामा बुझाएका छन् ।

प्रतिष्ठानमा काम गर्न शान्ति सुरक्षा नभएको भन्दै उनीहरुले उपकुलपति समक्ष राजीनामा बुझाएका हुन् ।

उनीहरुले राजीनामा पत्रमा लेखेका छन्, ‘विषम परिस्थिति र शान्ति सुरक्षाको प्रत्याभूति नभएको पुष्ठभूमिमा हामी सेवा दिन असमर्थन छौं ।’

केही दिनअघि प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत डा. करण शाहमाथि केही व्यक्तिले दुव्र्यवहार गरेका थिए । त्यो दुव्र्यवहारमा संलग्नलाई कारबाही गर्न माग गर्दै कर्मचारीहरूले गरेको आन्दोलनलाई स्थानीय केही व्यक्तिले मुठभेडमा लैजान खोजेको आरोप कर्मचारीहरूले लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?