२३ भदौ, विराटनगर । विराटनगरमा विद्यालय नाटक महोत्सव सुरु भएको छ । आरोहण–गुरुकुल विराटनगरले नाटक ‘साँढे’ मञ्चन गरेर महोत्सवको सुरुवात गरेको हो ।
हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा ३१ भदौसम्म हुने महोत्सव बिहीबारदेखि सुरु भएको हो । यो अवधिमा ९ विद्यालयमका ९ नाटक मञ्चन हुनेछन् ।
हरेकदिन दिउँसो ४ बजे नाटक मञ्चन हुने आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।
महोत्सवमा सहभागी हुनका लागि आवेदन दिएका विद्यालय मध्येबाट ९ विद्यालय छनौट गरी सहजिकरण तथा प्राविधिक सहयोग आयोजकले गरेको हो । सहभागी विद्यालयले शिक्षक तथा विद्यार्थीको निर्देशनमा तयार पारेको नाटकमा विद्यार्थीलाई नै अभिनय गराएका छन् । महोत्सवले विद्यालय, विद्यार्थी र रंगमञ्चलाई जोड्ने आयोजकले अपेक्षा गरेको छ ।
महोत्सवमा मनकामना सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, पूर्वाञ्चल विद्या सदन से.इ.बो. स्कूल, बूढानीलकण्ठ से.इ. स्कूल, रञ्जनी एकेडेमिक इ. टिचिङ स्कूल, सुम्निमा इ. स्कूल, मोर्डन एरा से.इ.बो. स्कूल, लक्ष्मीनारायण वेद विद्याश्रम, कान्तिपुर से. स्कुल र रविशंकर विद्या मन्दिरका विद्यार्थीले नाटक प्रस्तुत गर्नेछन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4