+
+

सोमबार देशभरका फिल्म हल बन्द गर्ने चलचित्र संघको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १६:००

२३ भदौ, काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको महासचिव नरेन्द्र महर्जनले जानकारी दिए ।

सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । चलचित्र निर्माता संघले शुक्रबार मात्रै फिल्म प्रदर्शन गर्ने निर्णय गरेपछि चलचित्र संघले यस्तो निर्णय गरेको हो । कार्यसमिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ ।

कार्यसमिति बैठकपछि जारी विज्ञप्तिमा संस्थाका सदस्यहरुको मानमर्दन हुने गरी अनर्गल आरोप लगाएकोप्रति सांकेतिक विरोधको कार्यक्रम घोषणा भएको जनाएको छ । सोही कुराको विरोध गर्न भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णय भएको उल्लेख छ ।

फिल्म सेन्सर गर्दा अनावश्यक दुःख दिएको भन्दै अग्रिम बुकिङ नखोलिएको प्रष्टीकरण पनि संघले दिएको छ । ‘हाम्रा सदस्यमाथि यस प्रकारका अनर्गल आरोप, बाधा र अवरोधहरु कायम रहे अझ कडा आन्दोलनमा जाने चेतावनी पनि दिन्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?