+
+

नक्कली कागज बनाएर अरुको ट्रायल दिएको आरोपमा ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १६:१८

२२ भदौ, काठमाडौं । नक्कली कागज बनाएर लाइसेन्सका लागि अरुको ट्रायल दिएको आरोपमा ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको दुधौली घर भइ काठमाडौंको चाबहिल बस्ने मनिष श्रेष्ठ, तीनकुने बस्ने मनिष लामिछाने र भक्तपुर बस्ने टुल्कु सिं तामाङ छन् । यस्तै भक्तपुरको कटुञ्जे बस्दै आएका कालिकोटका ईन्द्रबहादुर शाही र गोरखाका राजकुमार श्रीमललाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई लिखत सम्बन्धी कसूरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार उनीहरुले भक्तपुरको राधे राधेस्थित ईजी वे ट्रायल सेन्टरमा नक्कली नगारिकता र नक्कली प्रवेश पत्र बनाएर अन्य व्यक्तिहरुको ट्रायल दिने गरेका थिए । उनीहरुको साथबाट क्कली नागरिकताहरु, पासपोर्ट, प्रबेश पत्रहरु, बिभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?