+
+

‘टीबीसी ओमन इन बिजनेश’ कार्यक्रम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १७:०८

काठमाडौं । द ब्रिटिस कलेजले ‘टीबीसी ओमन इन बिजनेश-२०२२’ कार्यक्रम आयोजना गरेको छ । नयाँ ज्ञानहरु आदान प्रदान गर्न, नेटवर्क विस्तार गर्न, रचनात्मक विकासका लागि सहकार्य गर्न तथा इकोसिस्टममा आर्थिक योगदान पुर्‍याउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ । यो वर्षको नारा ‘महिला उद्यमशीलता’ रहेको थियो ।

द ब्रिटिस कलेजको परिसरमा आयोजित ‘महिला उद्यम प्रवर्द्धनमा युवा र उदयीमान उद्यमी’ विषयक गोष्ठीमा प्यानल छलफल, किनोट, नेटवर्क सेसनलाई कलेजले होस्ट गरेको थियो ।

ब्रिटिस कलेजका सीईओ राजन कँडेलले कार्यक्रमलाई सम्बोधन गर्दै रचनात्मक, आलोचनात्मक र निरन्तर सिकाइले संस्कृतिलाई प्रोत्साहनमार्फत नेपालको उद्यमशील इकोसिस्टमलाई सहयोग गर्ने बताए ।

प्यानल छलफल सेसनमा पूर्वमिस नेपाल र माकुसी सुइट्सकी संस्थापक अनुष्का श्रेष्ठ, डा स्रुजना श्रेष्ठ (डर्माटोलोजिष्ट), डिजाइनर सिवाङ्गी प्रधान, द ब्यूटीबारकी संस्थापक इच्छा कार्की रहेका थिए । प्यानल छलफललाई द ब्रिटिस कलेजकी प्रोगाम लिडर निष्ठा राजभण्डारीले मोडरेट गरेकी थिइन् ।

ब्लिंकनाउ फाउण्डेशनकी संस्थापक सीएनएन हिरो म्यागी डोयनले सामाजिक उद्यमशीलताबारे आफ्नो धारणा राखेकी थिइन् । सकारात्मक सामाजिक परिवर्तनका लागि क्षमता पहिचान गर्नुपर्नेमा उनको जोड थियो ।

द ब्रिटिस कलेजकी ईएमबीए स्टुडेन्ट इन्टरप्रेनर सुनिता शेर्पाले आफ्नो उद्यमी यात्राबारे जानकारी गराएकी थिइन् ।

द ब्रिटिस कलेजकी बिजनेश स्कुल हेड सुनिता बस्नेतले महिलाहरुलाई व्यवसाय र सामाजिक उद्यमशीलतामा प्रोत्साहन र सहयोग गर्न प्रतिबद्ध रहेको कुरामा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?