+
+

स्वस्तिमाको कटाक्ष : फिल्म हलले पर्दा दिएनन् भने पाप लाग्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १७:५५
अभिनेत्री स्वस्तिमा खड्का । फाइल तस्वीर

काठमाडौं । ‘ऐना झ्यालको पुतली’को चर्चा र शो वितरणलाई लिएर सुरु भएको विवाद तत्कालै रोकिने छाँटकाँट छैन । बरु विवादको साइड-इफेक्ट सोमबार हल बन्द गर्ने निर्णयसम्म पुगेको छ ।

यो विवाद र सुजित विडारी निर्देशित फिल्मबारे अभिनेत्री स्वस्तिमा खड्काले पनि मुख खोलेकी छन् । यदि यो फिल्मले पर्दा नपाए पाप लाग्ने भन्दै स्वस्तिमाले असन्तुष्टि जनाएकी छन् ।

हलहरुप्रति स्वस्तिमाको एक्लो कटाक्ष भने चाहिं होइन । अन्य फिल्म निर्माता र कलाकारले समेत यसबारे बोलेका छन् । स्वस्तिमाले दुईपटक फिल्म हेर्दा पनि आफ्नो मन नअघाएको बताएकी छन् ।

उनी लेख्छिन्, ‘हामी सिनेकर्मीहरू अनेक बोझले थिचिएका हुन्छौं । समीक्षाको बोझ, अघिल्ला फिल्मको बोझ । बजारसम्म लगेर हरेक दर्शकसामु पुर्‍याउने बोझ । यिनै अनगिन्ती बोझ र बन्धनले हामी सधैं बाँधिन्छौं ।’

उनी अगाडि लेख्छिन्, ‘तर यी अनेक डर र बोझबाट मुक्त भएर ऐना झ्यालको पुतली खुला आकाशमा उडेको छ । मेरो मन पनि पुतली झैं आकाशमा उडिरहेको छ । दुई पटक हेरिसक्दा पनि मेरो मन अघाएको छैन । लाग्छ, मलाई यसले वर्षौंसम्म यसैगरी अतृप्त बनाइरहनेछ ।’

निर्देशकीय प्रयासको प्रशंसा गर्दै उनी लेख्छिन्, ‘यति इमानदार र निर्दोष फिल्म हरेक नेपालीले हेर्नुपर्छ । पर्दामा देखिने दिदीभाइको सम्बन्ध यति सजीव छ कि म आफैं विद्या पात्र भएर धेरै पटक भाइलाई सम्झिएकी छु । धेरै पटक आँखा भिजाएकी छु । हाम्रो जीवन यस्तै खटपट, ठाकठुक र प्रेमले त अडिएको छ । हामी हुर्किएको समाजलाई ऐना बनेर देखाइदिने सुजित बिडारीप्रति आभारी छु । हलहरूले यो फिल्मलाई पर्दा दिएनन् भने पाप लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?