+
+

मधेशमा ६० प्रतिशत सिट नछोड्न कांग्रेसको प्रदेश समितिको दबाव

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते २०:४५

२३ भदौ, जनकपुरधाम । नेपाली कांग्रेसको मधेश प्रदेश समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये मधेशमा सबैभन्दा धेरै जनाधार कांग्रेसको रहेकाले ६० प्रतिशत सिट पाउनुपर्ने निर्णय गरेको प्रदेश प्रचार प्रसार समिति संयोजक नितेश गुप्ताले जानकारी दिए ।

बैठकले जिल्लाबाट आएका सबै उम्मेदवारको सिफारिसलाई केन्द्रमा पठाउने निर्णय गरेको छ । सिफारिसमा नपरेका आकांक्षीले पनि निवेदन दिएपछि उनीहरूको नाम पनि केन्द्रमा पठाउने निर्णय भएको गुप्ताले बताए । उनका अनुसार प्रदेश समितिमा निवेदन दिएका अमरेश सिंहको पनि सिफारिस केन्द्रमा पठाउने निर्णय भएको उनले बताए ।

सर्लाही-४ बाट २०७४ को निर्वाचनमा विजयी भएका अमरेशको यस पटक क्षेत्रीय समितिले सिफारिस नगरी पार्टी महामन्त्री गगन थापाको नाम सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?